दिप्तीशिखा चौधरी,
दंगीशरण, ५ फागुन । राष्ट्रिय हात्तीपाईले रोग निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार दंगीशरण गाउँपालिकामा भएको छ । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एवं उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा श्रीगाउँ प्राथमिक स्वास्थ्य चौकीका डाक्टर अञ्जन कुमार बस्नेतले हात्तीपाईले रोग भनेको के हो ? यो रोग कसरी लाग्छ ? यस रोगको लक्षण तथा चिन्ह, परिक्षण, उपचार तथा रोकथाम विधि, रोगको परिक्षण कसरी गर्ने, उमेर तौल अनुसार औषधिको सेवन कसरी गर्ने, दुई बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी आमाहरुले औषधि सेवन नगर्ने र ७० बर्षभन्दा माथिका बृद्धबृद्धाहरु दीर्घ रोग नलागेको एकीन गरेर मात्र औषधि सेवन गर्नुपर्ने, रोगको परजिवीको जीवन चक्र, लामखुट्टेमा हुने चक्रको भागका बारेमा जानकारी गराएका थिए ।
उक्त अवसरमा यही फागुन १५ गतेदेखि शुरु हुने हात्तीपाईले खोप अभियानलाई सफल पार्न स्वास्थ्य चौकी हेकुलीले रावतगाउँ, मिरौली, सलौरा, खलुवाचिस, सुकदेवा र हेकुली स्वास्थ्य चौकीमा औषधि खुवाउने र घरदैलो कार्यक्रम गर्ने गरी योजना प्रस्तुत गरिएको थियो । स्वास्थ्य चौकी गोल्टाकुरीले फुर्केसल्ली ठाटी स्कुलमा फागुन १५, १६ र १७ गते, वडा नम्बर १ को वडा कार्यालयको चौतारीमा, स्वास्थ्य चौकी गोल्टाकुरीमा, सरुवाडाँडा हेल्थहठमा, वडा नम्बर २ को वडा कार्यालयमा, बंगालपुर अर्जुन पसलमा, १५ र १६ गते हात्तीपाईले विरुद्धको औषधि खुवाउने र १७, १८, १९, २० र २१ गते घरदैलो कार्यक्रम गर्ने गरी योजना प्रस्तुत गरिएको थियो ।
प्राथमिक स्वास्थ्य चौकी श्रीगाउँले सातवटै वडालाई समेटेर १५ गते साविक वडा नम्बर १, २ र ३ मा प्रत्येक वडामा कम्तीमा दुईवटा केन्द्र स्थापना गर्ने तथा घरदैलो कार्यक्रम गर्ने, १६ गते साविक वडा नम्बर ४ र ५ मा तीन÷तीनवटा केन्द्र स्थापना गर्ने तथा घरदैलो गर्ने, १७ गते वडा नम्बर ६ र ७ मा दुईदेखि तीनवटा केन्द्र स्थापना गर्ने र घैरदैलो गर्ने तथा हात्तीपाईलेविरुद्धको अभियानमा प्रत्येक वडाका स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधि र स्वाथ्यकर्मीलाई परिचालन गर्ने गरी योजना प्रस्तुत गरिएको थिया ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, २ का वडा अध्यक्ष तुल्सीराम देवकोटा, ६ का वडा अध्यक्ष टंक बहादुर वली, ७ का वडा अध्यक्ष वीर बहादुर वली, हेकुली हेल्थपोष्टका ईन्चार्ज टेक बहादुर खत्री, स्वास्थ्यकर्मी दिपक ओली, प्रदिप ओलीलगायतको सहभागिता रहेको थियो । नेव बहादुर केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले गरेका थिए ।