२०८१ माघ ३० गते बुधवार

गाउँ शिक्षा योजना बनाउँदै त्रिवेणी गाउँपालिका


रोल्पा, ५ फागुन ।
सबै विकासको आधार शिक्षा रहेको भन्दै रोल्पाको त्रिवेणी गाउँपालिकाले आफ्नो गाउँ शिक्षा योजना निर्माण थालेको छ । गाउँपालिकामा शिक्षाको आधारलाई विकास गर्दै गुणस्तरीय शिक्षा निर्माण गर्न सबै सरोकारवाला निकायहरुको सहभागितामा गाउँ शिक्षा योजना बनाउन लागिएको हो ।

गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै प्राथमिकता दिएको तर योजनावद्ध रुपमा नभएकोले गाउँ शिक्षा योजना बनाएर नै गुणस्तरीय शिक्षाका लागि विकास गरिने त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहेका वलीले शिक्षामा लगानी बढाउँदै शिक्षाको क्षेत्रमा नमुना गाउँपालिका बनाउन लाग्ने बताए ।

गाउँपालिकाले गाउँ शिक्षा योजना निर्माणका लागि फागुन ३ र ४ गते दुईदिने कार्याशाला गोष्ठीसमेत सम्पन्न गरेको छ । गाउँ शिक्षा योजना निर्माणको सहजीकरण नेपाल सरकारका उपसचिव एवं शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले गरेका थिए । कार्याशालामा गाउँ शिक्षा समितिका पदाधिकारी तथा सदस्यहरु, सातै वडाका वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गैरसरकारी संघ संस्था प्रतिनिधिहरु, बाल क्लव सञ्जालका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

त्रिवेणी गाउँपालिकाको आयोजना तथा मानवअधिकार सचेतना केन्द्र (हुरेक) नेपाल रोल्पा र सेभ द चिल्ड्रेनको सहयोगमा गाउँ शिक्षा निर्माण कार्यशाला गोष्ठी भएको हो । हुरेक रोल्पाले विगत केही वर्षदेखि त्रिवेणीमा शिक्षा, बाल संरक्षण, जीविकोपार्जनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यशालामा गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष सावित्रा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत कमन गिरी, शिक्षा प्रमुख रेगम जिसीलगायतले आफ्नो मन्तव्य व्यक्त ग रेका थिए । गाउँ शिक्षा योजना निर्माणका लागि एक मस्यौदा समितिसमेत बनाइएको अध्यक्ष वलीले बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *