२०७७ माघ ६ गते मङ्गलवार

२ लाख बढीको सुर्तीसहित २ जना पक्राउ

दाङ, फागुन ४ । प्रहरीले बलेरो गाडीसहित अवैध लागु औषध र दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ बरोहिया चोकबाट लु १ च ५२२६ नम्वरको सेतो बोलेरो गाडी चेकजाँच गर्ने क्रममा अन्दाजी २ लाख ९ सय बराबरको ८ सय २० केजी सुर्ती बरामद गरेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता टिकाबहादुर कार्कीले जानकारी दिएका छन् ।

शनिवार दिउँसो पौने १ बजेतिर विषेश सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर बाट प्रहरी निरिक्षक बोधराज रेग्मी नेतृत्वमा गएको प्रहरी टोलीले रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ जोगडा निवासी २४ बर्षीय सफिकुल रहमान र कपिलबस्तुको मायादेबी गाउँपालिका वडा नं. ६ बर्कुल निवासी २२ बर्षीय विनोद हरिजनलाई पक्राउ गरेको जानकारी दिइएको छ । पक्राउ परेकाहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *