२०८१ कार्तिक १९ गते सोमवार

दाङमा भाईरल ज्वरोका विरामी बढे

तुलसीपुर,साउन १२ । दाङमा भाईरल ज्वरोका विरामीहरु बढेका छन् । भाइरल ज्वरो बढेकै कारण दाङका विद्यालयहरु बन्द हुन थालेका छन् ।

घोराही भित्रका निजि विद्यालयहरु चार दिनका लागि बन्द भएका हुन । मंगलबारदेखि शुक्रबारसम्म घोराहीका निजि विद्यालयहरु बन्द गर्ने निजि विद्यालय अन्तर्गतका संगठनहरुले संयुक्त निर्णय गरेर कार्यान्वयन गरेका छन् ।

जिल्लाको तुलसीपुरमा पनि भाइरल ज्वरोका विरामीहरु बढेका छन् । दाङको तुलसीपुर ४ रक्षाचौर स्थित गुरुजजुर माबिमा प्रत्येक दिन विद्यार्थीहरु विरामी हुने गरेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक ५० जना रहेको एउटा कक्षामा मात्रै ७÷८ जनामा भाइरल ज्वरोको समस्या देखिने गरेको छ ।

उक्त विद्यालयको एउटा कक्षामा ५० जना जति विद्यार्थी रहेको र ति मध्ये दैनिक ७÷८ जना विद्यार्थीहरु भाइरलको संक्रमणले थला पर्ने गरेका छन । दिन प्रतिदिन विरामीमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेका छन् ।

त्यस्तै तुलसीपुर स्थित ग्रेट अरणीको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरुमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सीपल विष्णु कुमार देवकोटाका अनुसार विरामीकै कारण दैनिक ४÷५ जना विद्यार्थीहरु ज्वरो आएकै कारण विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

भाइरल विरामीले नै अहिले स्वास्थ्य संस्थामा विरामीको संख्या भरिभराउ हुन्छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका सिनियर अहेब विष्णु गिरीले स्वास्थ्य सस्थामा आउने ५० प्रतिशत विरामी भाइरलजन्य नै हुने गरेको बताए ।

उनका अनुसार अहिले उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा आउने विरामीमध्ये ५० प्रतिशत विरामीहरु भाइरल ज्वरोकै रहेका छन । मौसम परिबर्तन हुँदा भाइरल ज्वरोका विरामीहरु बढेका हुन ।

भाइरलका विरामी बढ्न थालेपछि अहिले अभिभावकहरुलाई पनि भाइरल भएका विद्यार्थीहरुलाई उपचार गराएर घरमै आराम गराउन आग्रह गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *