शरद रेग्मी,तुलसीपुर,साउन १२ । ५६ औं रक्त संचार सेवा दिवसको अबसर पारेर रोटरी क्लब अफ तुलसीपुर सिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी दाङका कोषाध्यक्ष खुसल तर्तालको प्रमुख आतिथ्यता एवं रोटरी डिष्ट्रिक ३२९२ जोन २६ का एजि तुफान बाबु श्रेष्ठको बिशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
त्यस अबसरमा क्लवका पुर्ब अध्यक्ष बिमल रिजाल,रेडक्रस दाङका सदस्य हरिहर पौडेल,रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नारायण गौतम लगाएतले रोटरी क्लबले समाजमा गरेका सामाजिक कामहरुको प्रशंसा गरेका थिए ।
कार्यक्रममा तुफानबाबु श्रेष्ठ,मोहन भण्डारी,रोट्रयाक्ट नारायण गौतम,प्रबेश श्रेष्ठ,रिसव रिजाल रिमा चौधरि,झबिन्द्र ज्ञवालि लगाएले रक्तदान गरेका थिए ।
कार्यक्रमको सहजीकरण रोट्रयाक्ट क्लबका महासचिब आकाश सिहले गरेका थिए ।