२०८३ जेष्ठ ३१ गते आइतवार

थप ५६४ जनामा कोरोना पुष्टि,१ जनाको मृत्यु

काठमाडौं,साउन ११ । थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा परीक्षण भएका ४४५४ नमूनामध्ये ५६४ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार पीसीआरबाट २७७८ र एन्टिजेन विधिबाट १६७६ नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४१८ र एन्टिजेनबाट १४६ जनामा संक्रमण पुष्टि भएको हो।

आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। हाल कोरोना सक्रिय संक्रमितको संख्या ३९२९ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा १ लाख १ हजार ६०० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले अनिवार्य मास्क लगाउन,भौतिक दुरी कायम गर्न र सरसफाईमा विशेष ध्यान आग्रह गरेको छ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *