२०८३ भाद्र ११ गते बिहिवार

काठमाण्डौमा थप तीन जनामा हैजा पुष्टि – एक महिनामा ३४ जना बिरामी

काठमाण्डौ,साउन ५ । काठमाण्डौमा थप तीन जनामा हैजा पुष्टि भएको छ ।

थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको उपचार भइरहेको छ । हैजा सङ्क्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् ।

हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ ।

गएको असार दुई गते पहिलो पटक काठमाण्डौमा हैजा पुष्टि भएको थियो । घर र कार्यस्थलमा भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।

भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर हैजा लाग्ने डाक्टरको भनाइ छ ।

पानी उमालेर पिउने, बासी फोहर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा पिसाब गरेपछि राम्रोसँग मिचिमिची साबुनपानीले हातखुट्टा धुने, जथाभाबी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *