२०७७ कार्तिक ४ गते मङ्गलवार

बोक्सीको आरोपमा सासु कुट्ने बुहारीसहित २ महिला पक्राउ

झुपलाल बुढा क्षत्री,
दाङ, ४ फागुन । महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा दाङमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका वडा नम्वर ४ की शोकमाया बुढामगर र तुलसीपुर–७ की विष्णु श्रेष्ठलाई बोक्सीको आरोप लगाएको अभियोगमा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार शोकमायाले आफ्नै सासुलाई बोक्सी लागेर आफू बिरामी भएको भन्दै निर्घात कुटपिट गरेकी थिइन् । सासुको उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शोकमाया बिष्णुकहाँ झारफुक गर्न गएको र विष्णुले घरकै सासु बोक्सी लागेको बताएपछि शोकमायाले सासुलाई कुटपीट गरेको डिएसपी शाहीले बताए । भूतप्रेत र बोक्सी लागेकालाई ठिक पार्ने दाबीसहित श्रेष्ठले करिब १० बर्ष अघिदेखि झारफुक गर्दै आएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार उनीहरुलाई दाङ देउखुरी जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराधसंहिता अनुसार कारवाही प्रक्रिया अघि बढाइएको डिएसपी शाहीले बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *