२०८१ फाल्गुन ७ गते बुधवार

श्रीगाउँ दुर्घटनाका घाइते मध्य १६ जनाको कोहलपुरमा उपचार हुँदै,३१ जना उपचार पछि घर फर्किए

दाङ,फागुन ४ । दाङको श्रीगाउँमा शुक्रवार दिउँसो भएको बस दुर्घटनाका घाइते मध्य ३१ जना उपचार पछि डिस्चार्ज भएका छन् भने १६ जनाको भने उपचार भइरहेको छ । जन्ती बस र यात्रुबहाक बस एक आपसमा ठोक्किदा ४७ यात्रु घाइते भएका थिए । 

दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा तुलसीपुरबाट बगाले तर्फ जाँदै गरेको रा १ ख १७७० नम्वरको बस र पश्चिमको खैरेनी बाट तुलसीपुर तर्फ आउँदै गरेको जन्ती बोकेको ना ८ ख १०१७ नम्वरको बस एकआसपमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले दुर्घटनाका घाइते मध्य १६ जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उचारको लागि बाँकेको कोहलपुर लगिएको जानकारी दिए ।

प्रहरीका अनुसार कोहलपुर रेफर गरिएकाहरुमा दाङको बबई गाउँपालिका वडा नं. ३ निवासी हिमा विक, शान्तिनगर गाउँपालिका वडा नं. ७ निवासी सबर्नी वली, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवावसी रामविलास गुप्ता,बबई गाउँपालिका वडा नं. २ निवासी झुपलाल खत्री, बबई गाउँपालिका वडा नं. ४ निवासी रामकुमार सार्की,सोही ठाउँकै सन्दिप सार्की,सोही ठाउँकै पूर्णकला केसी, खगी वली, राजकुमार  डाँगी, तुलसीपुर ८ निवासी रमा रावल,सोही ठाउँकै कृष्ण चौधरी, बबई २ निवासी कली खत्री, सोही ठाउँकै कलबहादुर केसी, सोही ठाउँकै सावित्री घर्ती, बबई ६ निवासी सरस्वती चौधरी र बबई गाउँपालिका वडा नं. २ निवासी जप्पु खड्का रहेका छन् ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *