दाङ,फागुन ३ । घरमा आगलागी हुँदा ७४ बर्षीया एक महिला घाइते भएकी छन् । गढुवा गाउँपालिका वडा नं. ७ विजयपुरमा एकाविहानै आगोलागी हुँदा बृद्धा मोती विक घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको स्थानीय अस्पतालमै उपचार भइरहेको प्रहरीले बताएको छ ।
आगलागी बाट झन्डै ५ लाख बराबरको क्षति भएको छ । विजयपुरस्थित बालाराम विकको फुसले छाएको २ तल्ले कच्ची घरमा शुक्रवार विहान सवा ३ बजेतिर भएको दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।
आगलागीको कारण खुल्न नसकेको भएपनि त्यसवाट घर भित्र रहेका अन्नपात, लत्ताकपडा तथा सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार