२०७७ कार्तिक १३ गते बिहिवार

चट्याङ लागेर एक वृद्धा घाइते, दुई घर जलेर ध्वस्त

शिवु खनाल,

देउखुरी,३ फाल्गुन । देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुरमा चट्यांगमा पर्दा एक वृद्धा घाइते हुनु भएकाे छ । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी ७० बर्षिया मोती बिक चट्याङमा पर्दा घाईते भएकाे ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएकाे छ ।  

गएराती करिब ३ बजेको समयमा परेको चट्याङले दुई वटा घर समेत जलेर नस्ट हुदा करिब पाँच लाख बराबरकाे क्षेती भएको प्रहरीले जानकारी दिएकाे छ । चट्याङमा परि घाईते हुनु भएकी विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार  पछी थप उपचारका लागी घोराही रिफर गरेको लमही अस्पतालले जानकारी दिएकाे छ । 

घाइते विकको शरीरमा आगोले पोले जस्तै फोका फोका भएको छ । छिमेकी राम प्रसाद खड्काका अनुशार घरमा विककाे श्रीमान् नभएको र छिमेकीले थाह नपाएको भए मानबिय क्षेती समेत हुन् सक्ने थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *