२०७७ मङ्सिर १२ गते शुक्रवार

एउटा झोलाले सृजना गरेको त्यो त्रासदी…


राजेश खत्री,
दाङ,फागुन २ । दाङको तुलसीपुरको एउटा चोकमा फेला परेको बेवासिसे झोलाले बुधवार बेलुका तुलसीपुरमा तनाव र त्रास फैलियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित मदन आश्रित चोकमा बेलुका पौने ६ बज्दै गर्दा एउटा झोला देखिएपछि त्यसमा बम रहेको आशंका व्याप्त भयो ।

लगतै प्रहरीले त्यहाँ पहरा दियो । सर्वसाधारण मानिसलाई आवात जावातमा प्रतिवन्ध लगायो । नेपाली सेनाको १९ बाहिनीलाई बम रहेको आशंका डिस्पोजगर्न भन्दै त्यहाँ डाकियो । त्यहाँ सेनाले बम निस्कृय पार्न लागेको दृष्य हेर्न सयौं मानिसको जमघट थियो । पत्रकार पनि पुगे । यो त्रास फैलनु स्वाभाविक पनि थियो ।

किनकि बुधवार फागुन १ गते परेको थियो । कुनै दिन २०५२ साल फागुन १ गतेका दिनदेखि नै नेकपा माओवादीले सशस्त्र युद्धको थालनी गरेको थियो । त्यो अत्यास लाग्दो १० बर्षे लामो युद्ध प्रत्यक्ष भोगका सर्वसाधारणले फेरि त्यस्को त्रासदी हुनु अन्यथा थिएन । त्यहाँ रहेका धेरैले मनमनै आशंका व्यक्त गर्दै थिए कि ‘त्यो काम विप्लव नेतृत्वको नेकपाको हुनुपर्छ भन्ने ।’ एउटा अलग शक्तिको रुपमा देखा परेको विप्लव नेतृत्वको नेकपाले जनक्रान्तिको कुरा गर्दै आएको हुँदापनि सर्वसाधारणले त्यो लख काट्न् अन्यथा थिएन ।

सर्वसाधारण मात्रै हैन, त्यहाँ पुगेका प्रहरी प्रशासनको मनस्थितिमा पनि त्यही थियो । तर झन्डै ९ बज्दै गर्दा जव नेपाली सेनाले त्यो झोलाको सामान डिस्पोज गर्दै निकाल्यो त्यसपछि भने त्यो भ्रम मात्रै थियो भन्ने प्रमाणित भयो । उक्त झोला भित्र चप्पल र लत्ता कपडा मात्रै फेला प¥यो । त्यो खवरले उपस्थित सबै खुसी भए ।

एउटा झोलाले प्रहरी प्रशासन र नेपाल आर्मी तथा सर्वसाधारणमा त्रास सृजना भयो ।

फागुन १ गतेको त्रासदी सर्वसाधारण र प्रहरी प्रशासनको मानस्पटलमा अझैं कायम छ भन्ने यो एउटा उदाहरणपनि थियो । सारा देशवासी फेरि त्यस्ता काहाली लाग्दा दिनहरु भोग्नु नपरोस र देशमा अमनचैन कामना होस भन्ने कामना गर्दै आएका छन् ।

देशबासीका बीचमा आपसी भाइचार र प्रेम स्थापित हुन सकोश । ह्याप्पी भ्यालेन्टायन डे ।

 

 

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *