२०८२ चैत्र २ गते सोमवार

नगर विकास समितिका अध्यक्ष खड्काद्वारा पदभार ग्रहण

तुलसीपुर असार २१ । तुलसीपुर नगर विकास समितिका अध्यक्ष टीकाराम खड्काले मंगलबार पदभार ग्रहण गरेका छन ।

नगर विकास समितिको अध्यक्षमा नगरप्रमुख रहने व्यवस्था अनुसार नगरप्रमुख खड्काले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गर्दै खड्काले नगर विकास समितिमार्फत् दोघर्रे जग्गा एकीकरण आयोजना पूर्वाधार निर्माणलाई अघि बढाउँदै लैजाने बताए ।

कार्यक्रममा नगर विकास समितिका पूर्व अध्यक्ष दिनेश डाँगी, नागरिक समाज दाङका पूर्व संयोजक टीकाराम रेग्मी,नगर विकास समितिका सदस्य सचिव मोहन पौडेल, दोघर्रे जग्गा एकीकरण उपभोक्ता समितिका सदस्य सचिव टोपबहादुर डाँगीलगायतका वक्ताहरुले बोलेका थिए ।

नगर विकास समितिले दोघर्रे जग्गा एकीकरण आयोजना अन्र्तगत (ल्याण्डपुलिङ) नगर विकास समिति र तुलसीपुर उपमहानगरपालिका सडक कालोपत्रे, सडकपेटी निर्माण सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *