२०८१ फाल्गुन ७ गते बुधवार

रोल्पाका दुई व्यक्ति चितुवाको छालासहित नेपालगञ्जमा पक्राउ परे

दाङ,फागुन १ । रोल्पाका दुई व्यक्ति चितुवाको छालासहित नेपालगञ्जमा पक्राउ परेका छन् । रोल्पा जिल्लाको लिवाङ नगरपालिका वडा नं. १ निवासी ४४ बर्षीय चन्द्रबहादुर घर्ती र रोल्पाकै सुनिल स्मृति गाउँपालिका वडा नं. २ निवासी ४० बर्षीय आइती विष्ट चितुवाको छालासहित बुधवार नेपालगञ्जमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

५ नं. प्रदेश कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता टिकाबहादुर कार्कीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क स्थित शर्मा गण्डी होटेलको अगाडि बाट हिवान ११ बजेतिर पक्राउ गरिएको बताए ।

उनीहरुको साथवाट अन्दाजी २ मिटर लामो चितुवाको १ थान छाला बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *