२०८२ बैशाख ११ गते बुधवार

प्रादेशिक अस्पतालमा टोकन सेवा सुरु

तुलसीपुर,असार १८ । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा टोकन प्रणाली सुरु भएको छ ।

शुक्रबार उक्त टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका छन ।

यस अघि टोकन प्रणाली नहुँदा घण्टौ लाईनमा लाग्नुपर्ने अबस्था थियो । अब भने यो समस्या अन्त्य हुने मन्त्री चौधरीले बताए । “पहिलो घण्टौ लाईनमा लाग्नु पर्ने अबस्था हुन्थ्यो, यसले विरामी र विरामीका कुरुवालाई निकै अफ्टेरो बनाएको थियो”,उनले भने“अब भने यो समस्या हटेर सहज हुनेभयो ।”

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा उक्त टोकन मेसिन खरिद गरि उक्त सेवा सुरु गरिएको हो । एउटा मेसिन खरिद गरिएको छ ।

त्यही मेसिनबाट टोकन लैजानु पर्ने छ । त्यसमध्ये दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरि ब्यबस्था मिलाईएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहले बताए ।

यो सेवा सुरु भएसंगै अब घण्टौं उभिनु पर्ने समस्याको अन्त्य भएको भन्दै विरामीलाई यसले सहजता हुने उनको भनाई छ । यस अघि विरामीलाई घण्टौं लाइन लाग्नुपर्ने अबस्था थियो ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *