यमकला भुसाल,
दाङ, फागुन १ । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले विदेशमा प्रविधि र सिप सिक्नका लागि मात्रै जानुपर्ने बताएका छन् । तुलसीपुरमा बुधवार राइटपथ करियर काउन्सेलिङको शाखा कार्यालय उद्घाटन गर्दै नेकपाका नेता समेत रहेका केसीले विदेश जुन उदेश्यले गएपनि संधै भरी विदेशमा बस्नु गलत भएको बताएका हुन । ‘ विदेश निश्चित अवधिका लागि गएपनि कुनैपनि व्यक्ति त्यहाँको प्रविधि र सिप सिकेर स्वदेश फर्केर त्यसको प्रयोग नेपालमा गरेमात्रै देश उन्नतिको मार्गमा लाग्ने छ,’ प्रतिनिधिसभा सदस्य केसीले भने ।
त्यस्तै उनले विदेशका गएर कुनैपनि नेपालीले दुःख नपाउन भन्नका लागि राज्यले ठोस नीति निर्माण गर्न लागेको जानकारी दिए । भाषा र आवश्यक सिप हासिल नगरी विदेश जाँदा दुःख पाइने हुँदा आवश्यक दक्षता हासिल गरेर मात्रै विदेश जान आग्रह गरे । तुलसीपुरमा बुधवारदेखि राइट पाथको शाखा संचालनमा आउनु सुखद पक्ष भएको बताएका प्रतिनिधिसभा सदस्य केसीले यसले विभिन्न देशका कलेजहरुमा अध्यनका लागि जाने विद्यार्थी लाभान्ति हुने आशा व्यक्त गरे ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पदमोदय नमुना माविका प्राचार्य डा. कृष्णराज डिसीले पनि युवाहरु निश्चित समय र उदेश्यका लागि विदेश गएपनि संधैका लागि विदेशमा बस्नु गलत भएको बताए । ‘यो देशको उन्नती र प्रगतीमा युवाहरु लाग्नु पर्छ, विदेशको प्रविधि, ज्ञान सिप सिक्न जानुपर्छ,’डिसीले भने ‘तर संधै युवा विदेशको डलमा विक्नु गलत हो ।’ आज समाजमा पिआर र डिभी परेको मान्छे खोजी खोजी विहे गर्ने तथा छोरा छोरी यूरोपियन कन्ट्रिमा नाक फुलाउने प्रवृति गलत भएको उनले बताए ।
डा. डिसीले पनि तुलसीपुरमै विभिन्न देशमा अध्यनका लागि जान चाहाने युवावर्गलाई लक्षित गरि उनीहरुलाई प्रेरणा दिन र सतमार्गमा लगाउन राइट पाथको कार्यालय तुलसीपुरमै स्थापना हुनु खुसीको कुरा भएको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रशाद चालिसे, एन प्याव्सन दाङका बरिष्ठ उपाध्यक्ष विमल गौतम लगाएतले आयल्स लगाएत अन्य विभिन्न देशको भाषा पढ्नकै लागि काठमान्डौं जानुपर्ने बाध्यता अन्त्य गर्दै तुलसीपुरमा राइट पाथको शाखा खोलिनु खुसीको कुरा भएको बताएका थिए । राइटपथ करियर काउन्सेलिङका संस्थापक फिलिपकुमार डिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण पत्रकार धुर्वराज न्यौपानेले गरेका थिए ।