२०८२ मङ्सिर २३ गते मङ्गलवार

राष्ट्रिय सभाबाट औषधि (तेस्रो संशोधन) विधेयक पारित

काठमाडौं,असार १७ । राष्ट्रिय सभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ ।

राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

त्यस्तै मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *