२०८१ कार्तिक २३ गते शुक्रवार

कांग्रेसले स्थानीय चुनावको प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्ने

काठमाडौं, असार १७ । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ।

उपसभापतिसमेत रहेका निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्का नेतृत्वको टोलीले उक्त प्रतिवेदन तयार गरेको थियो।

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा समितिका सदस्यले दिएको सुझावलाई समेटेर तयार पारिएको प्रतिवेदनका बारेमा छलफल गरी प्रतिवेदन पारित गरिएको कांग्रेस स्थानीय तह निर्वाचन समितिका सचिवालय संयोजक नानु बाँस्तोलाले बताइन्।

उनले आवश्यक सुझावलाई समेटेर तयार पारेको उक्त प्रतिवेदन कांग्रेस केन्द्रीय समितिको बैठकमा पेश गरिने जानकारी दिएकी छन्।

‘७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्था रह्यो, कुन प्रदेशमा कांग्रेसको अवस्था कस्तो भयो, गठबन्धनका दलसँग निर्वाचनमा भएका कमी कमजोरी र उपलब्धिका बारेमा छलफल गरेर प्रतिवेदन तयार गरेका हौं,’ उनले भनिन्, ‘अब बस्ने केन्द्रीय समिति बैठकमा यो प्रतिवेदन पेश गरिन्छ।’

कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *