२०८२ जेष्ठ १३ गते आइतवार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष शर्माको पद अदालते पुनः थमौटी गरिदियो


तुलसीपुर, असार १७ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका अध्यक्षलगायत अन्य केही जिल्लाका पदाधिकारीलाई सर्वौच्च अदालतले पुनर्वहाली गरिदिएको छ।

लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेका राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, लुम्बिनी आयूर्वेदिक अस्पतालका अध्यक्ष शिवप्रसाद ज्ञवाली, राप्ती आयूर्वेदिक अस्पताल लगायत अन्य केही जिल्ला अस्पतालका अध्यक्षलाई पुनर्वहाली गर्न सर्वौच्च अदालतले आदेश दिएको हो।

यसअघि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको सरकार परिवर्तन भएसँगै प्रदेश सरकारले लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयूर्वेदिक अस्पताल र केही जिल्ला अस्पतालका अध्यक्षलाई पदमुक्त गरेको थियो।

२०७८ पुस २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उनीहरुलाई पदमुक्त गरिएको थियो ।

त्यसपछि उनीहरु सरकारको निर्णय विरूद्ध अदालत पुगेका थिए ।

असार १२ गतेको आदेशमा मन्त्रिपरिषद्को निर्णयका आधारमा भएका काम कारवाहीहरु कार्यान्वयन नगर्न र नगराउन सर्वौच्चले भनेको छ ।

त्यसका साथै निवेदकहरुलाई आ–आफ्नो पदमा काम काज गर्न दिन आदेश दिइएको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *