२०८१ भाद्र २६ गते बुधवार

शिक्षक पढाउँदै घोराही उपमहानगर

घोराही, २९ माघ । घोराही उपमहानगरपालिकाले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई शैक्षिक सामाग्री निर्माण र प्रयोगका विषयमा तालिम सुरु गरेको छ । पुस्तकमा भएका कुराहरु पढाएर मात्रै प्रभावकारी शिक्षण नहुने भन्दै उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले शिक्षकहरुलाई शैक्षिक सामाग्री बनाउने र त्यसको प्रयोगका बारेमा तालिम दिन थालेको हो ।

महाशाखाले मंगलबारदेखि आधारभूत तहका शिक्षकहरुलाई घोराहीमा भेला गराई शिक्षण सीप सिकाउन थालेको हो । तीनदिने तालिमको नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारको उपस्थितिमा सुरु गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले शैक्षिक सामाग्रीविनाको शिक्षण सिकाइ प्रभावकारी नहुने बताए । पुरानै शैलीको शिक्षाबाट नयाँ सोंच र व्यबहारहरु प्राप्त गर्न नसकिने भन्दै सिकाइमा प्रभावकारिता ल्याउन शैक्षिक सामाग्रीको अनिवार्यता रहेको उल्लेख गरे ।

शिक्षकहरु विद्यार्थीको आकर्षणर अबिभावकको मन जित्ने केन्द्र बन्नु पर्नेमा जोड दिदै नगर प्रमुख चौधरीले तालिमबाट सिकेका ज्ञानलाई विद्यालयभर लागू गर्न निर्देशन समेत दिए । त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले तालिमको सीप कार्यान्वयन गरेर शिक्षण सिकाइमा परिवर्तन ल्याउन आग्रह गरे ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले समय अनुकूलको शिक्षा अहिलेको आवश्यकता भएको भन्दै शिक्षकहरुलाई मेहनती, अनुसन्धानकर्ता बन्न सुझाव दिए ।

महाशाखा प्रमुख श्रीप्रसाद भटराईको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर स्रोत केन्द्रका स्रोतव्यक्ति विप्लव अधिकारीले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने सहजीकरण महाशाखाका विपना बर्तौलाले गरेकी थिइन् । तालिममा प्राविका २५ र निमाविका २५ जना शिक्षकहरुलाई सहभागी गराईएको छ ।

प्रकाशित मिति : २०७५ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *