२०८० चैत्र १६ गते शुक्रवार

प्रतिष्ठानलाई जग्गा प्राप्तीमा सकस

घोराही, २९ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आवश्यक जग्गा प्राप्तीमा सकस भएको छ । प्रतिष्ठान स्थापना भएको लामो समय बितिसक्दा पनि जग्गाको टुंगो लाग्न सकेको छैन ।

जग्गा खोजीका लागि निरन्तर पहल भैरहे पनि टुंगो भने लाग्न सकेको छैन् । प्रतिष्ठान सञ्चालनका लागि अस्पताल भए पनि अन्य गतिविधिहरु सञ्चालनका लागि ५० बिगाह बढी जग्गाको आवश्यक पर्ने देखिएको छ । एकै ठाउँमा ठूलो क्षेत्रफलको जग्गा नभेटिएको र भेटिए पनि सहज ढंगबाट प्रकृया अघि बढ्न नसक्दा टुंगोमा पुग्न नसकिएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

प्रतिष्ठानको भवनहरु निर्माणका लागि आवश्यक पर्ने जग्गा कर्जाही, झिङ्नी र नवलपुरमा हेरिए पनि मन्त्रालयबाट टुंगो लाग्न नसकेको रजिष्टार प्याकुरेलको बताए । जग्गा खोजीका लागि रजिष्टार प्याकुरेलको संयोजकत्वमा समिति नै गठन गरिएको छ । समितिको मंगलबार बसेको बैठकले कर्जाहीमा रहेको ५० बिगाह, झिङ्नीमा रहेको ३५ विगाह र नवलपुरमा रहेको १४ विगाह जग्गा प्राप्तीका लागि प्रकृयालाई अघि बढाउने निर्णय गरेको छ ।

ति क्षेत्रका जग्गा प्राप्तीका लागि मन्त्रालयसम्म कागजपत्र पुगेको र मन्त्रालयहरुमा थप प्रकृयालाई अघि बढाउन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेकपाका केन्द्रीय सदस्य निर्मला आचार्य, नेपाली काँग्रेसका विरकेश्वरी गौतम र प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेललाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *