२०८३ जेष्ठ ३१ गते आइतवार

थप २९ जनामा कोरोना संक्रमण,१९२ जना सक्रिय संक्रमित

काठमाडौं,असार १२ । पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *