दाङ, माघ २९ ।
तुलसीपुरस्थित द पार्क क्याफेले ‘भ्यालेन्टाइन डे’ मा क्याफेमा आउने जोडीलाई गुलाफको फुल उपहार दिने भएको छ । आगामी बुधवार पार्क क्याफेमा आउने सबै जोडीलाई गुलाफको फुल उपहारका रुपमा दिने प्रोप्राईटर राजेन्द्र महतराले फरक कोणलाई बताए ।
‘भ्यालेन्टाईन डे’ को दिनमा दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विषेश कार्यक्रम आयोजना गरिएको उनले बताए । स्थानीय सलाईस ब्याण्डले उक्त दिन साँस्कृतिक कार्यक्रम गर्न लागेको प्रोप्राईटर महतराले जानकारी दिए ।
त्यो दिनमा पार्क क्याफेमा आउने हरेक जोडीलाई प्रत्येक डिसमा १० प्रतिशत छुट दिने महतराले जानकारी दिए । विभिन्न सामाजिक पर्व र उत्सवहरुमा पार्क क्याफेले ग्राहकको मनोरञ्जनको लागि साँस्कृतिक कार्यक्रम गर्नुको साथै विशेष छुटसमेत दिदै आएको महतराले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ माघ २९ गते मङ्गलवार