२०८३ भाद्र ११ गते बिहिवार

बस्नेतको बयान – राज्यमन्त्री वलीसंग ६ लाख बढी रकम लिएको हुँ


तुलसीपुर , असार १० । नेकपा माओबादीका युवा नेता एकराज बस्नेतले लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्य तथा परिवार कल्यान मन्त्री बिमला वलीसंग ६ लाख बढी रकम लिएको बताएका छन् ।

राज्य मन्त्री वलीमाथि छानबिन गर्न गठित कार्यदल समक्ष बस्नेतले त्यो कुरा बताएको एक जना कार्यदलका सदस्यले बताए ।
कार्यदलका सदस्यले बोलाएपछि बस्नेत संगै गएका उनका साथीले पटक÷ पटक गरि ६ लाख ४० हजार जति रकम लिएको भएपनि त्यस मध्य अधिकाँस रकम राज्य मन्त्री वलीकै निर्देशनमा उनकै काममा खर्च भएको बस्नेतले बताएको जानकारी दिए ।


बुधबार तुलसीपुरको एक होटेलमा कार्यदलका सदस्यले एकराज बस्तेतलाई घटनाको बारेमा सोधपुछका लागि बोलाएको थियो । त्यसक्रममा बस्नेतले घटना हुँदा आँफु घरमा नरहेको तथा काम बिशेषले जिल्ला बाहिर रहेको हुँदा एकाएक आफ्नो घर भित्र प्रबेश गरि परिवार र बच्चा माथि गरेको ब्यबहारका कारण राज्य मन्त्री सजाएको भागिदार हुनुपर्ने माग पनि गरेका थिए ।


राज्य मन्त्री वली जेठ ३१ गते बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित बस्नेतको घरमा गएर उनकी श्रीमति मीना र साढे ३ बर्षीया छोरीमाथि कुटपिट गरेको भन्ने आरोप खेप्दै आएकी छन । त्यो कुरा सार्वजनिक भएपछि प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् ।

उक्त टोली आएर घटनाबारे पीडित पक्ष र प्रहरी अधिकारी संग सोधपुछ तथा छलफल गरि बिहीबार फर्किएको थियो ।
छानबिन कार्यदलको प्रतिबेदन भने सार्वजनिक भइसकेको छैन । उक्त कार्यदलले घटनाका बारेमा प्रहरी र पीडित मीना संगपनि घरमै पुगेर जानकारी लिएको थियो ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *