तुलसीपुर,असार ८ । तुलसीपुरमा बालबालिकालाई बिहिबार देखि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ ।
५ वर्षदेखि १२ वर्ष मुनीका बालबालिकाहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउन लागिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थय प्रवद्र्धन शाखाले जनाएको छ ।
शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीका अनुसार तुलसीपुर उपमहानगरपालिका ६, ७ र ९ नम्बर वडाका सरकारी तथा निजी विद्यालयमा भोली बिहिबार देखि खोप लगाइने छ भने अन्य वडाहरुमा १२ गतेदेखि १५ गतेसम्म खोप लगाइने छ ।
त्यसैगरी सोहि उमेर समुहका बालवालिका खोप लगाउन छुटेमा स्वास्थ्य संस्थाबाट खोप लगाउन सकिने भएको शाखाले बताएको छ । यो पटक तुलसीपुर क्षेत्रका २९ हजार बालालिकालाई फाईजर खोप लगाउने लक्ष्य रहेको छ ।
तुलसीपुरका सरकारी तथा निजी विद्यायलमा अध्ययनरत ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस रोगविरूद्धको फाईजर खोपको पहिलो मात्रा लगाउने कार्यक्रम भएकोेले बालबालिकालाई नजिकैको विद्यालयमा लगेर खोप लगाउन अभिभावकहरुलाई स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
खोप बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म लगाइने भएको छ । आफ्नो बालबालिकाहरुलाई अध्ययन गर्ने विद्यालयमा सम्पर्क गरी कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।