२०८२ मङ्सिर २८ गते आइतवार

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

कैलाली,असार ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गेटा कलेजलाई प्रतिष्ठान बनाउने ऐन ल्याउने बताए ।

‘डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेपछि कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ’ उनले भने, ‘त्यसलाई प्रतिष्ठान बनाइनेछ । काठमाडौ गएलगत्तै प्रतिष्ठान ऐन ल्याई यसै वर्षदेखि सञ्चालनमा ल्याइन्छ ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्रमिक रूपमा विकासमा अघि बढिरहेको समेत बताए।

उनले भने, ‘म सानो छँदा धनगढी पुग्न तीन दिन लाग्थ्यो । अहिले पहाडका सबै मुकाममा सडक पुगेको छ । धनगढी पुग्न पनि धेरै समय लाग्दैन’, उनले भने– ‘काठमाडौ जान खोज्दा भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अहिले २२ वटा पुल बनेका छन्, सडकबाटै काठमाडौ पुगिन्छ । नियमित विमान उडान भइरहेका छन् ।’

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *