२०८१ कार्तिक २३ गते शुक्रवार

अर्थमन्त्रीको विरोधमा एमालेद्वारा संसद बहिष्कार

काठमाडौँ,असार २ ।अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा राष्ट्रघात गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बहिष्कार गरेको छ।

बजेट निर्माणका क्रममा अवैधानिक व्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर करका दरमा व्यापारिक स्वार्थअनुसार तोडमोड गरेको भन्दै एमालेले अर्थमन्त्रालयमाथिको छलफल सत्र बहिष्कार गरेको हो।

अर्थमन्त्रालयबारेको सवाल जवाफका क्रममा विरोधमा उत्रिएको एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराईले मन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *