२०८३ भाद्र १० गते बुधवार

लुम्बिनी प्रदेशसभा बैठक २५ मिनेटका लागि स्थगित

बुटवल,असार १ । बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ ।

प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीयदलको प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमनत्रीको जवाफ माग गरेका थिए ।

सभामुख पूर्ण घर्तिले जवाफकालागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *