दाङ,माघ २६ । दाङमा मोटरसाईलकको ठक्कर बाट घाइते एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर निवासी अन्दाजी ७० बर्षीया छोटकनिया चौधरीको उपचारका क्रममा शनिवार नेपालगञ्जमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चौधरीलाई रा ३ प ९११६ नम्वरको मोटरसाईकलले माघ २ गते बेलुका साढे ७ बजेतिर ठक्कर दिएको थियो । पैदल हिडिरहेकी चौधरीलाई ठक्कर दिने मोटरसाईकल चालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार