तुलसीपुर,जेठ २६ । तुलसीपुरको एकान्त होटल । होटलको माथिल्लो तलामा रहेको ठूलो हल कोठा ।
जहाँ झण्डै १७÷१८ वर्षकी एक किसोरीले गुनासा पोखिरहेकी थिइन । हामी विद्यालयमा असुरक्षित भयौ ।
सार्वजनिक यातयातका साधनमा मात्र होइन, विद्यालयमा पनि महिला तथा किसोरीहरु असुरक्षित छन । पछिल्लो समय विद्यालयमा पनि हिंसाका घटना बढ्न थालेका छन ।
अन्यायमा परेकाहरुले कसरी र कहाँ गएर ? न्याय पाउन सकिन्छ ? उजुरीको माध्यम के हो ? हाम्रा गुनासा कस्ले सुनिदिने ? जस्ता सवालमा बुधवार उठे ।
जस्को चाँजो पाँजो ओरेक दाङ र जनचेतना महिला सामुदायिक संस्थाले मिलाएका थिए । कार्यक्रम भने नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिनका लागि थियो ।
कार्यक्रममा जनप्रतिनिधिको गुनासो भने न्यून थियो ।
उपमेयर स्यानी चौधरी र उपस्थित केही वडामा वडाध्यक्षहरु स्वागत सम्मान ेपछि अधिकांश त्यहाँबाट निस्के ।
ती किसोरीको गुनासा सुनिदिने जनप्रतिनिधि कोही थिएनन् ।
सार्वजनिक स्थलमा महिला तथा किसोरी माथि हुने हिंसाको सार्वजनिक सुनुवाई गर्ने भनि आयोजना गरिएको कार्यक्रममा सहभागीको गुनासा सुनिदिने अन्तिमसम्म उपमेयर चौधरी र एक वडाध्यक्ष मात्र थिए ।
सार्वजनिक स्थलमा महिला तथा किसोरी माथी हुने हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएका छन । दैनिक रुपमा हुने हिंसाका विभिन्न किसिमका घटनामा महिला तथा किसोरीहरु पीडित भइरहेका छन् ।
दाङ लगायत देशैभरको तथ्याङ्क हेर्दा सार्वजनिक यातायातमा भीड हुने स्थानमा हिंसाका घटना बढी हुने गरेको पाइएको छ ।
भीडको बहाना गर्दै महिलाका विभिन्न अगंमा हेर्ने,छुने र अश्लिल शब्दको प्रयोग गर्ने थुप्रै यात्रुहरु भेटिन्छन् ।
तर, हिम्मत र सहासीहरुले त्यो सहँदैनन् । तुलसीपुरस्थित एक सरकारी संस्थामा कार्यरत एक किसोरीले बसमा आफूलाई र्दुव्यवहार गर्न खोज्ने एक युवकलाई बसबाट झर्न बाध्य बनाएकी थिइन ।
उनले भनिन्,‘घोराहीबाट तुलसीपुर आउने बसमा ती युवकले पटकपटक मलाई संवेदनशील अङ्गमा छुन खाजे । मैले एक–दुई पटक सम्झाउँदा नमानेपछि चालक, सहचालकलाई गुनासो राखे ।
मेरो घटनाको बारेमा अरू यात्रुले समेत चासो राख्न थालेपछि युवक आफैँ बसबाट झरेका थिए ।’
अफिस जान हतार थियो फेरि अनावश्यक झमेलामा फस्न पनि मन नलागेको उनले बताइन ।
कार्यक्रममा सहभागीहरुका गुनासाको सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्कार वलीले अघिकाशं हिंसाका घटना महिलाकै कारण हुने गरेको बताइन ।
उनले अझैपनि समाजमा पितृसत्तात्मक सोचको पालना गरिरहेको र त्यसको शिकार महिला तथा किसोरीहरु बनेको बताइन ।
किनकी उनीहरुले समाजमा हुने सबैखाले हिंसाको प्रतिकार नगर्नु,लाज,बेइज्त हुन्छ कि ? भन्ने ठान्नु, घटना घटिहाले पनि सहेर बस्नु, केही कानुनी प्रक्रियामा गइहालेपनि १÷२ दिनमै सहमतिमा उजुरी फिर्ता लिनु जस्ता कारणले समाजमा हिंसा मौलाएको उनको तर्क थियो ।
उनले दैनिक रुपमा सार्वजनिक यातायातमा हुने घटनामध्ये प्रहरीसम्म पुग्ने उजुरी भने ज्यादै कम रहेको बताइन ।
कार्यक्रमको अन्त्यमा सहभागी भएका तुलसीपुरका नवनिर्वाचित मेयर टीकाराम खड्काले समाजिक चेतनाका कारण हिंसाका घटनाहरु बढ्दै गएको बताए ।
उनले महिलाका पक्षमा बनेका कानुनलाई कार्यान्यनमा ल्याउन सकेमा मात्र हिंसा न्यूनिकरण गर्न सकिने विस्वास व्यक्त गरे ।
उपप्रमुख स्यानी चौधरीले उपमहानगरपालिकामा आउने विवादलाई दुबै पक्षको सहमतिमा सम्बेदनशिल भएर हेर्न र एक वडा एक मनोविमर्शकर्ता अभियान चलाउने प्रतिबद्धता जनाइन ।
जनचेतना महिला सामुदायीक संस्थाका अध्यक्ष कृष्णा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महिला मानव अधिकार तथा रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले क्षेत्रगत रुपमा दाङको तथ्याङ्क हेर्दा सबैभन्दा बढी पश्चिम क्षेत्रमा हिंसाका घटनाहरु हुने गरेको बताइन ।
उनले बितेको चैत र बैशाख महिनामा ओरेकले गरेको सर्वेमा ५१ प्रतिशत किसोरी माथि हिंसा भएको तथ्याङ्क प्रस्तुत गरिन ।
तुलसीपुर – १६ का अध्यक्ष शिवानन्द डिसी,महिला बालबालिका तथा सामाजिक विकास शाखाका माया श्रेष्ठ,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुसिला पौडेल,वडा नं. १० का सदस्य भगवती धिताल,फेडो दाङका अध्यक्ष युवा करारा लगाएतले सामाजिक सांस्कृतिक, पारिवारिक, डर,त्रास,आर्थिक असुरक्षा,फाइदा, ज्ञान नभएर,आटँ वा साहस नभएर,न्यायप्रतिको अविस्वास लगाएका कारणले सार्वजनिक स्थलमा महिला तथा बालिकाले हिंसा सहन बाध्य भैरहेको बताए ।
महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सचिव पद्यमा चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा ओरेकका केन्द्रिय कार्यालय सुनिता मैनालीले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन भने सहजीकरण ओरेक दाङका जिल्ला संयोजक इश्वरी थापाले गरेकी थिइन ।