२०८१ मङ्सिर १७ गते सोमवार

बिमल रिजालले सुरु गरेको सरसफाई अभियानलाई निरन्तरता

तुलसीपुर, जेठ २५ । तुलसीपुरमा सरसफाई अभियान फेरि शुरु भएको छ । आँफु तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष रहेको समयमा नेपाली काँग्रेसका केन्द्रीय महाधिबेशन प्रतिनिधि बिमल रिजालले अभियानको सुरुवात गरेका थिए ।

‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियानको सुरु गर्दा बागमती सरसफाई अभियानका अभियान्ता तथा तत्कालिन समयमा सरकारका मुख्य सचिव लिलामणी पौडेलहरु पनि तुलसीपुर आएका थिए ।


हरेक दिनको शनिबार तुलसीपुर क्षेत्रका बिभिन्न समाजिक ब्यक्ति, अभियान्ता, रोटरी, रोट्रयाक्ट, लियो, लाइन्स, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, उद्योग ब्यबसायी लगाएतको सहभागीतामा अभियान झन्डै दुई बर्ष बढी समयसम्म सञ्चालन भएको थियो ।


जस्ले समाजमा मानिसका सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आफ्नो घर तथा पसल वरपरको फोहर आँफै सफा गर्नुपर्छ भन्ने मान्नेता त्यसले बिकाश गरेको थियो ।


अभियान प्रभावकारी देखिएपछि तुलसीपुर उपमहानगरपालिकाले सरसफाई अभियानको जिम्मेवारी ग्रहण गरेको थियो ।
तत्कालिन मेयर घनश्याम पाण्डे धेरै समय आँफैपनि तुलसीपुरका बजार र गल्लीहरुमा अभियान्ताहरु संगै फोहर संकल गर्ने अभियानमा लागेका थिए । तर, जब नगरको स्वामित्व सरसफाईमा रह्यो निजी क्षेत्र वा क्लब लगाएतका समाजिक अभियान्ताको अभियानमा बिस्तारकै आकर्षण घट्दै जाने क्रम सुरु भयो ।

झनै तत्कालिन असहज परिस्थिति कोरोना महामारीले गर्दा लकडाउन हुँदा अभियानमा पूर्ण बिराम लाग्न पुगेको थियो ।
त्यही स्थगित भएको अभियानलाई नयाँ निर्वाचित मेयर टीकाराम खड्काले बुधबारदेखि फेरि सुरु गरेका हुन । उनले अब अभियानले निरन्तरता पाउने बचन दिएका छन् ।

वीरेन्द्र चोकदेखि सुरु भएको अभियान जेसिज चोकसम्म गरिएको थियो । त्यसक्रममा मेयर टीकाराम खडकाले कुचो लगाएर फोहर बराल्नुका साथै आँफै फोहरपनि उठाएका थिए । मेयर आँफै बजारमा झाडु लगाउँदै फोहर उठाउँदै हिडेको देखेपछि सर्वसाधारण नागरिक पनि उत्साहित बनेको देखिन्थे ।


‘म,मेरो शहर म आफै सफा गर्छु’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो । अभियान सुरु गर्दै नगरप्रमुख खडकाले स्वस्च्छ र सफा शहर बनाउनका लागि नगरवासीको महत्वपूर्ण भूमिका रहने बताए ।


उनले भने ‘ पहिले आफ्नै घर पसलबाट सफा बनाउने अभियान शुरु गरौ अनि बल्ल आफै घर,शहर सफा हुन्छ ।’ पसल सफा भएमात्रै ग्राहकहरुको आकर्षण बढ्ने मेयर खड्काले बताए ।


उपमेयर स्यानी चौधरीले सफा शहर बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन । त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले नगरवासी र व्यवसायीलाई आफ्ना आसपासको क्षेत्र सफा राख्न आग्रह गर्ने र अटेरी गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए ।

तुलसीपुरमा ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियानको सुरु गर्ने नेपाली काँग्रेसका केन्द्रीय महाधिबेशन प्रतिनिधि विमल रिजालले अभियानकर्ता मात्रै जागरुक नभई आम नगरवासी जागरुक हुन जरुरी रहेको बताए ।

‘ हामी सबैले आफ्नो ठाउँको फोहोर आफैले सफा गर्ने बानिको विकाश गर्न जरुरी छ,’ तुलसीपुरका प्रतिष्ठि ब्यबसायी समेत रहेका रिजालले भने ‘ हामीले गरेको फोहर अर्कोलाई उठाउ भन्ने हो भने हामीलाई सभ्य मानिसको संज्ञा दिन सुहाउँदैन ।’

सरसफाई अभियानमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेललगायतका कार्यालयका विभिन्न शाखाका प्रमुखहरु, लाइन्स क्लब, लियो क्लब, रोटरी क्लब, रोट्रयाक्ट क्लब जस्ता सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सरसफाई तथा फोहोर व्यवस्थापन शाखाका प्रमुख माधव पौडेलले गरेका हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *