२०८१ मङ्सिर १८ गते मङ्गलवार

जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने

दाङ, जेठ २४ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने भएको छ । घोराहीमा बसेको छैटौँ जिल्ला सभाले जेठ २९ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहका प्रमुखमध्ये ज्येष्ठ अध्यक्ष लमही नगरपालिकाका मेयर जोगराज चौधरीको अध्यक्षतामा बसेको सभाले जिल्ला समन्वय समितिमा ९ सदस्यीय कार्य समिति बनाउने निर्णय गरेको छ ।

केन्द्रको परिपत्र अनुसार जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते १० बजेदेखि दिउँसो ३ बजेसम्म गर्ने जिल्ला समन्वय अधिकारी श्रीधर शर्मा पौडेलले जानकारी दिए ।

दाङमा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेसको बहुमत रहेको छ । यस अनुसार नेपाली काँग्रेस एक्लै जिल्ला समन्वय समिति गठनमा गर्ने लक्ष्यमा छ ।

दाङका दश स्थानीय तहमध्ये नेपाली काँग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएको छ भने दुई स्थानीय तहमा उपाध्यक्ष पदमा विजयी भएको छ ।

काँग्रेससँग १३ जना प्रमुख र उपप्रमुख रहेका छन् भने नेकपा एमालेका पाँच जना प्रमुख र उपप्रमुख रहेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका ३ जना प्रमुख पदमा विजयी भएका छन् । नेपाली काँग्रेसले बबई, शान्तिनगर, दंगीशरण, राजपुर गाउँपालिका र लमही नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएको छ भने बंगलाचुली र गढवा उपाध्यक्ष जितेको छ ।

यस्तै नेकपा एमाले घोराही र तुलसीपुरमा मेयर र उपमेयर पदमा विजयी हुँदा राप्ती गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा अध्यक्ष पदमा विजयी भएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *