दाङ,माघ २५ । बसले अटो रिक्सालाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
घोराही बाट लमही तर्फ जाँदै गरेको ना ६ ख १५३३ नम्वरको बसले रा १ ह २४३३ नम्वरको अटोलाई ठक्कर दिदा अटोमा सवार घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी निवासी ५३ बर्षीया मङ्गली विकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अन्य तीन जना घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार