हापुरे जेठ २३ । दाङको बबई गाउँपालिका वडा न.५ मा रहेको जनता माध्यमिक विद्यालय बबरपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आइतबार नेपाल औषधि व्यवसायी संघ दाङको आयोजना तथा बबई गाउँपालिकाको सहकार्य तथा माता मनकामना पोलिक्लिनक प्रालिको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा सुगर, प्रेसर, दम तथा थाईराईड, हाडजोर्नी तथा नसा रोग, महिला तथा स्त्री रोग, र नाक, कान घाँटी रोग सम्बन्धी समस्या भएका ३ सय १० जना बिरामीहरुको विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य परिक्षण गरेको माता मनकामना पोलिक्लिनिक प्रालिका संचालक किशोर गौतमले जानकारी दिए ।
उनले शिबिरमा फिजिसियन डा. सुवेदी सहित डा. सुमिना जी.सी,डा. राहुल उदय,स्टाफ नर्स सीता केसि लगायतका स्वास्थकर्मीहरुले सेवा दिएको जानकारी दिए ।
त्यस्तैे शिविरमा परिक्षण गरिएका बिरामीहरु मध्य ६०% हाड जोर्नी र नसा रोग सम्बन्धि समस्या भएका बिरामी भेटिएको शिबिरमा संगलग्न डा. प्रकाश सुबेदीले जानकारी दिए ।
नेपाल औषधि व्यवसायी संघ दाङका अध्यक्ष बिष्णुप्रसाद पौडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बबई गाउँपालिकाका कार्यपालिका सदस्य नोखी डाँगी,जनता माबी बबरपुरका प्र.अ मस्तबहादुर खड्का संघका पदाधिकारीहरु गिरिराज न्युपाने,राजीमान बुढामगर,सन्तोष अधिकारी,किशोर गौतम ओैसधी बिक्री प्रतिनिधि डम्बर बिक, ओैसधी होलसेलका शेषकान्त ढकाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।