२०८१ असार ७ गते बिहिवार

आगामी चुनाबहरुमा गठबन्धन कायमै रहन्छ ः माधवकुमार नेपाल

सुर्खेत, जेठ १९। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन अझैं मतबुज बताएर अगाडि बढ्ने बताएका छन् ।

बिहिवार बिहान उक्त पार्टीले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि सुर्खेत पुगेका पूर्वप्रधानमन्त्री अध्यक्ष नेपालले पत्रकारसँग कुरा गर्दै आगामी चुनावमा पनि गठबन्धनले निरन्तरता पाउने बताएका थिए ।


स्थानीय तहको चुनावमा गरिएको गठबन्धन नटुट्ने बरु भएका कमीकमजोरीलाई समिक्षा गर्दैै अगाडि बढ्ने उनको भनाई थियो ।

उनले आफ्नो पार्टी भित्र चुनावी समिक्षा भइरहेको भन्दै पहिलो पटक स्थानीय चुनावमा लडेको आफ्नो पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको दाबी गरे ।


पोखरा र हेटौंडा लगायतका ठाउँमा सफलता मिलेको भन्दै भबिष्यका निर्वाचनहरुमा योग्यलाई उम्मेदवार बनाउने बताए ।


अध्यक्ष नेपालले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटले जनताको भावना समेटेको भन्दै बचाउन पनि गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *