२०७७ मङ्सिर १४ गते आइतवार

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

धनुषा, माघ २५ ।  जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए  ।

उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताए । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गर्नुभएको उनले उल्लेख गरे । उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गरेका थिए  ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *