२०८१ माघ २६ गते शनिवार

शिक्षक नायक र प्रधानाध्यापक महानायक हो : नगरप्रमुख पाण्डे

तुलसीपुर, माघ २४ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विद्यालय सुधारका सन्दर्भमा शिक्षक नायक र प्रधानाध्यापक महानायक भएको वताएका छन् । तुलसीपुर शिक्षा समितिले सामुदायिक र संस्थागत विद्यालयको सुधारका वारेमा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले नायक र महानायक मिलेपछि शिक्षाको अवस्था सुधारिन सम्भव भएको वताए । “नायक र महानायक खलनायक वन्ने प्रवृत्तिले गर्दा नै हाम्रो शिक्षाको अवस्था खस्किएको हो” नगरप्रमुख पाण्डेले वताए । उनले समय सापेक्ष शिक्षाको विकासमा सबैले ध्यान दिनुपर्ने वताए ।

आफुले आफुलाई रुपान्तरण गर्न नसक्दासम्म विद्यालय रुपान्तरण गर्न नसकिने उनको कथन थियो । उनले नपढे पास हुन सकिदैन भन्ने मनोभावनाको विकास गर्नका लागि उपमहानगरपालिकाले कक्षा ८ को परीक्षालाई फरक ढँगले सञ्चालन गर्न लागेको वताए । “विद्यार्थीमा पढ्ने वातावरणको विकास गर्नका लागि हामीले कक्षा ८ को परीक्षा फरक फरक विद्यालयमा सञ्चालन गर्दैछौ” नगरप्रमुख पाण्डेको कथन थियो । उनले शिक्षकहरुमा मोरल अडिट गर्नुपर्ने अवस्था आएको थियो । “जतिगर्दा पनि परिवर्तन हुँदैन भने त्यसको नैतिक सम्परिक्षण गर्नैपर्ने हुन्छ” उनले वताए ।

सामुदायिक विद्यालयमा व्यवस्थापन राम्रो नहुँदा सरकारको लगानी सदुपयोग हुन नसकेको वताउँदै नगरप्रमुख पाण्डेले सबैले जिम्मेवारीपूर्वक काम गरे शिक्षा क्षेत्रको अवस्थामा व्यापक सुधार आउन सकिने वताए ।

कार्यक्रममा वोल्दै टिच फर नेपालका कार्यकारी निर्देशक शिशिर खनालले तुलसीपुर उपमहानगरपालिकाका लागि कति विद्यालय आवश्यक हो भन्ने कुराको मापदण्ड निर्धारण गर्न आवश्यक रहेको वताउँदै तथ्यमा आधारित रहेर विश्लेषण नगर्दा सम्म शिक्षाको विकास गर्न नसकिने उनको कथन थियो । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति संयोजक देवराज विकले सबैको सहकार्यबाट शैक्षिक गुणस्तर कायम गर्न सकिने वताए । सामुदायिक विद्यालयले पनि राम्रोसँग काम गरे संस्थागत विद्यालयसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्था रहेको उनको कथन थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख भाष्कर गौतम,स्रोत व्यक्ति मुकुन्द रिजाल र विष्ण केसीले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *