२०८२ बैशाख ११ गते बुधवार

सांसद वलीको कारलाई बसले ठक्कर दियो

दाङ,माघ २४ । दाङमा बसले कारलाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । घोराही–लमही सडक खण्डको मुसोट खोला नजिकै भएको दुर्घटनामा परि रुकुम पश्चिमको खलंगा नगरपालिका वडा नं. २ मुसिकोट निवासी अन्दाजी २७ बर्षीया रमिता शर्माको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

विहीवार बेलुका पौने ५ बजेतिर ५ नं. प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार वली सवार कारलाई यात्रुबहाक बसले ठक्कर दिदा वलीपनि गम्भीर घाइते भएका छन् । सांसद वलीलाई हात र टाउकोमा चोट लागेको जानकारी दिइएको छ ।

उनलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँके तर्फ लगिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । घोराही बाट लमही तर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्वरको यात्रुबहाक बसले लमहीवाट घोराही तर्फ आउँदै गरेको सांसद वली सवार कार बा १८ च ६८३६ नम्वरको कारलाई ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित मसोट खोलाको ओरालोमा उकालो चढ्दै गरेको कारलाई जोगाउन प्रयास गर्दा बस तल खसेको थियो । त्यही बसमा च्यापिएर रुकुम पश्चिम निवासी शर्माको मृत्यु भएको हो ।  कारमा सांदस वली र अर्का युवा लिला विक मात्रै सवार थिए ।

कार सांसद वलीले आँफै चलाएको भन्ने खुल्न आएको छ । सांसद वली बुटवल बाट तुलसीपुरस्थित घर तर्फ फर्कदै थिए । कारमा सवार २ जना र बसमा सवार १२ जना गरि कुल १४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । सांसद वली बाहेक अन्य सबै घाइतेको भने दाङमै उपचार भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *