२०८१ चैत्र १३ गते बुधवार

रोल्पामा एक व्यक्तिले आफैले गोली हानेर आत्महत्या गरे

घनश्याम बुढाथोकी,
रोल्पा,माघ २४ । रोल्पामा एकजना व्यक्तिको आँफैले गोली चलाएर आत्महत्या गरेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ९ धाराटोल निवासी मिशन बुढाको आफैले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले बुढाले बुधवार दिउँसो २ बजेतिर घरमा कोही नभएको समयमा आफ्नै घरमा लुकाई राखेको भरुवा बन्दुकले आफैलाई गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनको बाँया छातिमा गोली लागेको प्रहरीले बताएको छ ।

श्रीमती बारीमा घाँस काट्न गएको तथा घरमा २८ महिनाकी छोरी एक्लै रहेको अवस्थामा बुढाले आफैले आँफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले बताएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बुढाको शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा राखिएको डिएसपी खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *