बबई,जेठ १६ । दाङको बबई गाउँपालिकाको कार्यपालिका सदस्य नेकपा एमाले विजयी भएको छ ।
५ जनाको कार्यपालिका चयन गर्न गरिएको निर्वाचनमा नेकपा एमालेले ४ जना सदस्य जितेको छ भने नेपाली कांग्रेस १ जना मात्र सदस्य जितेको छ ।
आइतवार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ४ जना कार्यपालिका सदस्यमा जित हात पारेसंगै बबई गाउँपालिमा नेकपा एमालेको बहुमत पुगेको छ ।
बबई गाउँपालिकामा नेपाली कांग्रेसको बहुमत हुने आधार प्रष्ट नै थियो तर पार्टी भित्र नै अन्तरघात हुँदा एमालेले यसको फाइदा लिएको छ ।
बबई गाउँपालिकामा ३७ जना सदस्य मध्य २० जना नेपाली कांग्रेसबाट र १७ जना सदस्य एमालेबाट निर्वाचित भएका थिए । निर्वाचनमा भने नेपाली कांग्रेसका प्रतिनिधिले अन्तरघात गरेर मत विगारे र एमालेलाई भोट हालेको पाइयो ।
जसले गर्दा स्पष्ट बहुमत पाएको नेपाली कांग्रेसले बहुमत गुमाएको छ । आफ्नै पार्टी भित्रको अन्तरघात हुँदा जनताको जनमत विपरित कार्य भयो जानकारहरु बताउँछन् ।
अन्तरघात कार्यमा नेपाली कांग्रेसका निर्वाचित उच्च पदका र नेपाली कांग्रेसका उच्च पदका नेता नै संलग्न भएको स्रोतको दावी छ । पार्टीको गुटउपगुट कारण जनताबाट आएको जनमत पनि खेर गएको छ ।
कार्यपालिकामा निर्वाचनमा नेकपा एमालेका तर्फबाट शान्ती परियार, नोखी डागीं , भिमा कुमारी बुढा र सावित्रा परियार निर्वाचित भएकी छन भने दलित तथा अल्पसंख्यक समुदाय अन्तरगत नेकपा एमालेका तर्फबाट नारायण परियार र नेपाली काङ्ग्रेसका तर्फबाट मोतिसरा वि।क। मनोनित भएकी छन।
कार्यपालिका समिति १५ सदस्यीय हुने संबैधानिक ब्यबस्था रहे अनुरुप बबईको कार्यपालिकामा गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, उपाध्यक्ष बमकुमारी खड्का, ७ वटै वडाका वडाध्यक्ष संगै निर्वाचीत ४ जना सदस्य र मनोनित २ जना गरि जम्मा १५ सदस्यीय कार्यापालिका तयार भएको छ।