सिन्धुली, माघ २४। फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् ।
फिक्कलको महादेवडाँडा भन्ने स्थानबाट सिन्धुलीतर्फ आउँदै गरेको वा १५ च ९४२२ नम्बरको डबलक्याप बोलेरो दुर्घटना भएको हो । बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालेरो सडकबाट २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको र अन्य घाइते सबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा चालक फिक्कल गाउँपालीका निवासी मानबहादुर सुनुवार र ३४ वर्षीय दीपककुमार सुनुवार सख्त घाइते भएका छन । उपचाकार लागि सख्त घाइते ६६ वर्षीया माया विश्वकर्मा र ३८ वर्षीय दीपक श्रेष्ठलाई पनि थप उपचारका लागि धुलिखेल पठाइएको छ ।