२०८१ मङ्सिर २७ गते बिहिवार

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं,जेठ १५ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । अहिले १२ बजे बस्ने बैठकले आर्थिक वर्ष २०७९/0८० को बजेटबारे निर्णय गर्ने छ ।

आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने छन् ।

आगामी निर्वाचन लक्षित हुने बजेटमा ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम समेटिने स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *