
दाङ, माघ २४ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले बिरामीलाई ठग्दै आएको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पताल समितिको स्वीकृतिबाट सञ्चालन हुँदै आएको फार्मेसीले बिरामीलाई ५० प्रतिसत छुट दिने भनेपनि त्यो सुविधा नदिएको रहस्य सार्वजनिक भएको छ ।
बिलमा उल्लेख भएको भन्दा औषधीको मात्र थोरै दिने र ५० प्रतिसत सहुलियत भन्ने गरेता पनि १० देखि १५ प्रतिसत मात्रै छुट दिएर ठग्दै आएको बिरामी गुनासो गरेका छन् । शनिबार मात्रै प्रादेशिक अस्पतालमा उपचार गराएकी दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी सीता डाँगीलाई औषधीमा जम्मा २ प्रतिसत मात्रै छुट दिएको देखिन आएको छ ।
उक्त दिन उनले अस्पताल फार्मेसीबाट कुल ६ सय ८१ रुपैयाँको औषधी खरिद गरेकी थिइन् । त्यसमा ५० प्रतिसत छुट गर्दा जम्मा ३ सय ४० रुपैयाँ जति हुन आउँछ । तर फार्मेसीले उनको बिल भने ७ सय १६ रुपैयाँको बनाएको छ । त्यसमा जम्मा २ प्रतिसत मात्रै छुट दिएको देखिन्छ । डाँगीलाई बिलमा उल्लेख गरिएको जति औषधी मात्रा पनि प्रदान गरिएको छैन । त्यसले औषधी कम दिएर बिरामी ठग्दै आएको देखिन्छ ।
अस्पताल मार्फेसीले गर्नै नमिल्ने अर्को काम पनि गरेको छ । अस्पताल भित्रै सार्वजनिक सूचना टाँस गरी बाहिरका मेडिकलभन्दा ५० प्रतिसतसम्म सस्तोमा औषधी किन्न पाइने व्यहोरा उल्लेख गरिएको सूचना विभिन्न स्थानमा टाँँसेको छ । त्यसले गर्दा फार्मेसी सञ्चालन गर्नुको नियतमा खोट छ कि ? भन्ने आशंका व्याप्त भएको छ । सरकारी अस्पतालहरुमा ७० प्रकारका औषधी निःशुल्क बिरामीलाई प्रदान गर्नुपर्ने प्रावधान छ । तर फार्मेसीमा पुग्दा निःशुल्क वितरण हुनुपर्ने अधिकांश औषधी हाल सकिएको भन्ने जानकारी बिरामीलाई दिएर त्यही औषधी बिरामीलाई बाहिर खरिद गर्न लगाउने गरिन्छ ।

अस्पतालका फार्मेसी प्रमुख सुलभ अधिकारी छन् । फार्मेसीको औषधी जति धेरै बिक्री गर्न सक्यो उनीहरुका तलब पनि त्यही अनुरुपमा बढ्ने गर्छ । अस्पतालको फार्मेसीबाट बिरामीमाथि ठगी हुँदै आएको भएपनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिडेन्डेन्ट डा. सर्वेश शर्माले पनि त्यो सुधार्न ध्यान दिएको देखिदैन ।
स्रोतका अनुसार पछिल्लो समय अस्पतालमा कार्यरत कर्मचारीले तलब बढाउन माग गर्दै आएका छन् । तर मेसुले तलब बढाउन सक्ने अवस्था छैन । त्यही भएर औषधीमा बिरामीलाई ठगी हुँदा पनि उनी मौन बसेको हुन सक्ने आशंका स्रोतले बताएको छ । ‘जति धेरै सेल हुन्छ कर्मचारीको तलब पनि उत्तिनै बढ्ने गर्छ,’ एकजनाले भने ‘त्यही भएर बिरामीलाई ठग्ने खेल बढेको हो ।’
मुख्य रुपमा यो समाचार तयार पार्ने तपाईं जस्ता पत्रकार ले गर्दा धेरै समस्या आएको छ समाज मा। समाचार लेख्दा अलि बुझेर विश्लेषण गरेर मात्र लेख्ने बानी बसाल्नुस। तपाईं रक्सी खादा 350 लेखेको लाई 450 खुशी खुशी तिर्नु हुन्छ, पानी को बोतल लाई 25 तिर्नु हुन्छ जब कि सन्सार मा MRP भनेको त्यस्तो मूल्य हो त्यो भन्दा बढी लिन पाइदैन। ऐ औषधि मा MRP भन्दा पनि कम मूल्य मा सहुलिएत दर म दियको रैछ भने तपाईं लाई 50% छुट घन्टा दिन्छ । कहाँ पाइन्छ 50% छुट ? margin को 50% भनिएको हो। जस्तै कुनै औषधि मा अस्पताल लाई 10 रुपैया फाइदा छ भने बिरामी लाई 5 रुपैया छुट दिने भनेको। अलिक बुझेर समाचार लेख्नुस। धेरै झोले नबन्नुस।