दाङ,माघ २३ । जिल्ला प्रहरी कार्यालय सल्यानले आफ्नै ४ बर्षीय छोरालाई विषादी ख्वाएर हत्या गरेको अभियोगमा एकजना आमालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ सुगरपोखरी निवासी १९ बर्षीया यमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ बर्षीय छोरा समिर खत्रीलाई विषादी ख्वाएर हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
खत्रीले आफ्नै छोरालाई गत पुस २८ गते विहान ७ बजेको समयमा घरभित्रै सल्फास नामक विषाधी खुवाए पछि बालकको मृत्यु भएको सल्यान प्रहरी प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए । प्रहरीका अनुसार एलिशा र उनका पति लिलाधर खत्रीसंग राम्रो संवन्ध थिएन ।
अर्कौ तर्फ एलिशा खत्रीले फोन मार्फत अपरिचित व्यक्ति संग अविवाहित हुँ भन्दै प्रेम सम्बन्ध राख्दै आएकी थिइन । त्यही फोन संवन्धका कारण आफुलाई अविवाहित देखाउन छोरालाई विषाधी खुवाएर हत्या गरेको भन्ने वयान गरेको प्रहरी प्रमुख शाहीले जानकारी दिए ।
आमा एलिशाले नाबालक छोरा समिरलाई विषादी ख्वाई सकेपछि उस्ले वान्ता गर्न थालेपछि एलिशाले भुतप्रेत लाग्यो भनेर गाउँलेका सामुन्ने झूठो बोलेको खुल्न आएको शाहीले बताए । समयमै अस्पताल लैजान नदिएपछि बालकलाई ढिला गरि अस्पताल लैंजादा बाटो मै मृत्यु भएको थियो ।
त्यसपछि अभियुक्त एलिशा खत्रीले गाउँमा छोरा विरामी भएर मृत्यु भएको भन्दै घर नजिकैको जंगलमा गाडी सकेकी थिइन । तर घटना संकास्पद रहेको भन्ने जानकारीका आधारमा गत पुस २९ गते प्रहरीले आमा एलिशा खत्रीलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनले छोरालाई कतव्र्य गरि योजना बद्ध रुपमा हत्या गरेको स्वीकार गरेको सल्यान प्रहरी प्रमुख शाहीले जानकारी दिए ।
नावालक छोरालाई विषादी खुवाई हत्या गरेको अभियोग खेपेकी एलिशा खत्रीलाई माघ २२ गते सल्यान जिल्ला अदालतमा पेश गरिएको प्रहरीले बताएको छ ।