२०८१ माघ ३० गते बुधवार

क्रसर उद्योगको अनुगमन

दाङ २३ माघ । जिल्ला अनुगमन तथा समन्वय समितिले गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको लागि टेण्डर गरेको स्थल र क्रसर उद्योगको अनुगमन गरेको छ ।

जिल्ला अनुगमन तथा समन्वय समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेललको नेतृत्वमा गएको टोलीले राप्ती गाउँपालिकाले टेण्डर गरेको राप्ती नदीको कठाघाट र गढवा गाउँपालिका वडा न १ मा रहेको योगी ब्रर्दश, दाङ भ्याली क्रसर र ऊ नम. शिवाय क्रसर वालु उद्योगको अनुगमन समेत गरेको थियो ।

टोलीले उद्योगमा भएको नदीजन्य पदार्थको नापँजाँच गरेको थियो । अनुगमन टोलीमा उपप्रमुख पौडेलसँगै जिल्ला समन्वय समितिका सदस्य देविलाल थारु, समन्वय अधिकारी कृष्ण प्रसाद गौतम, राप्ती गाउँपालिका प्रमुख प्रशासकिय अधिकत जगतप्रसाद भुषाल,इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक रविन्द्रराज पाण्डे, इलाका प्रशासन कार्यालयका नमराज केसी र जिल्ला समन्वय समितिका प्राविधिक रामकुमार आचार्यको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *