२०८१ मङ्सिर २७ गते बिहिवार

दाङमा रगतको चरम अभाब …

रिपोर्टस क्लबको समन्वयमा १६ जनाले गरे रक्तदान


तुलसीपुर,जेठ ११ । रगतको चरम अभाब सृजना भएपछि रिपोर्टस क्लव दाङले रक्तदान कार्यक्रम गरेको छ । बुधवार तुलसीपुर स्थित कालिकादेवि रक्त सञ्चार केन्द्रमा आयोजना गरि रक्तदान कार्यक्रम गरेको हो ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले बजारमा रगतको अभाब हुदांसम्म पनि सरोकारवालाहरु मौन रहनु आश्चर्यजनक रहेको बताएका थिए । सरोकारवाला निकायले सक्रियताका साथ रगत सकंलनमा चासो नदेखाउदा ठुलो समस्या आईपरेको भन्दै बिभिन्न सघं सस्थाहरुको ध्याणाकर्षण समेत गराएका थिए ।

उनीहरुले सञ्चार क्षेत्रमा क्रियाशिल सस्था रिपोर्टस क्लबले सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका थिए ।
रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता एवम नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग बणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल,रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष यज्ञबहादुर केसि,वडा नम्बर ५ का वडा सदस्य भिमबहादुर केसी लगाएले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्लबका महासचिव बिमल गौतमले गरेका थिए ।

त्यस अवसरमा बिमल रिजाल,हेमराज बस्नेत,लालु चौधरि,निकिता योगि र भक्तबहादुर राहुमगर,सन्दिपन रिजाल,तुलसीपुर मेट्रो कलेजका बिधार्थिहरु तिलक रावत,समिर पोख्रेल,दामोदर खडका,सितल नेपालि,सङ्गिता बिक,प्रतिमा मल्ल,निर्मला खत्री ,रेश्मि थापा,र हसिना बुढामगरले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *