२०८१ असार ८ गते शुक्रवार

५९५६३ गन्दा एमालेका खड्का १६८५ र चौधरी ७२३९ मतले अगाडि

तुलसीपुर, जेठ १० । दाङको तुलसीपुर उपमहानगरपालिकामा ५९५६३ गन्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्का र उपमेयरकी उम्मेदवार श्यानी चौधरीको अग्रता कायमै छ ।

मेयरका उम्मेदवार खड्काले २४८९१ र उपमेयरमा चौधरीले २४५७२ मत प्राप्त गरेकी छिन । खड्का १६८५ र चौधरी ७२३९ मतान्तरणले प्रतिष्पर्धी भन्दा अगाडि रहेका छन् ।

यहाँ मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २३२०६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले १७३३३ मत प्राप्त गरेका छन् ।

अहिले तुलसीपुर – १२, १५ र १६ नम्बर वडाको मत गणना जारी छ ।
तुलसीपुरमा ७४ हजार ३ सय ३७ मत खसेको थियो । अहिले सम्म एमालेले ७, काँग्रेसले ४ र माओबादी केन्द्रले ३ वडाहरु जितेका छन् ।


प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *