२०८१ फाल्गुन ६ गते मङ्गलवार

अमेलियामा चालकको स्वास्थ्य चेक जाँच

दाङको अमेलियामा सवारी चालकको स्वास्थ्य चेकजाँच गरिदै । तस्बिर : शिवु खनाल

शिवु खनाल,
देउखुरी,माघ २३ । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरी क्षेत्रमा बुधवार चालकको स्वास्थ्य चेक जाँच गरिएको छ । दाङका बिभिन्न स्थानमा केही समय अगाडि ठूला दुर्घटना भएपछि दुर्घटना न्युनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यले नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी चालकको स्वास्थ्य जाँच गर्न थालिएको हो ।

चालकको स्वास्थ्य जाँच गर्दा चालकको स्वास्थ्य अवस्था बारे जानकारी हुनुका साथै रिफ्रेस हुन पनि सहयोग पुगेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मदन कुवंरले बताए । जिल्लाका प्रम्ख शहरलाई लक्षित गरी भालुवाङ, लमही, घोराही, तुलसीपुर र अमिलियामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर चालकको स्वास्थ्य चेकजाँच गरिएको कुवंरले जानकारी दिए । चालको स्वास्थ्य जाँच गर्दा दृष्टि र ब्लड प्रेसरमा समस्या देखिएको शिविरमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिए ।

लमही अस्पतालका डाक्टर कोपीला तामाङले स्वास्थ्य जाँच गरिएका चालकहरु मध्ये केहिको आँखामा र अधिकाँसलेको प्रेसरको समस्या देखिएको जानकारी दिइन ।

राजमार्गमा सवारी चलाउँदै आएका चालक निशुल्क स्वास्थ्य चकेजाँच गर्न पाउँदा खुसी देखिन्थे । ‘सधै गाडि चलाउनै ठिक्क हुन्छ । आफ्नो स्वास्थ्य ख्यालै हुँदैन,’ चालक सञ्तोष चौधरीले भने ‘निशुल्क स्वास्थ्य जाँच गर्न पाउँदा खुसी म निकै खुसी छु ।’

सवारी दुर्घटनाको बिभिन्न कारणहरु मध्य चालकको दृष्टि र व्लड प्रेसरपनि प्रमुख कारण मानिदै आएको छ ।
त्यही भएर चालकहरुको कलर भिजन संगै नजर र प्रेसरको जाच गर्ने गरिएको प्रदेश नं. ५का प्रहरी प्रवक्ता एवं डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए ।

दुर्घघटना न्यूनिकरण गर्न सचेतना संगै चालकको स्वास्थ्यपनि सहि हुन आबश्यक रहेका उनले बताए । देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा, लमही आँखा अस्पताल, लमही अस्पताल र जिल्ला ट्राफिक कार्यालय आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

 

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *