२०८१ माघ १३ गते आइतवार

तुलसीपुर १३ मा एमालेका पौडेल विजयी

तुलसीपुर,जेठ ९ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा नेकपा एमालेका मोहन पौडेल विजयी भएका छन ।

उन १७१० मत ल्याएर विजयी भएका हुन । उनका निकटमत प्रतिस्पर्धि काँग्रेसका उम्मेदवार तारा कार्किले १२३९ मत प्राप्त गरेका थिए । यस्तै महिला सदस्य बिमला कुमारी शर्मा , दलित महिला सदस्य बेलमति परियार,खुल्ला सदस्यहरु खिमकान्त पाण्डे र धनविर चौधरि विजयी भएका हुन ।

काँग्रेसको बलियो पकड रुपमा चिनिने वडामा एमालेले २० बर्ष पछि जित हात पारेको हो । २०७४ को निर्वाचन पनि काँग्रेसले जितेको थियोे । गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार कार्किलाई एमालेका पौडेलले सुरु देखि नै पछाडि पारेका थिए । उनी ४ सय ७१ मतान्तरले पराजित भएका हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *