तुलसीपुर , जेठ ७ । दाङको तुलसीपुरमा वडाध्यक्षमा भतिजले काकालाई हराउँदै बिजय उत्सब मनाएका छन् । कुनैदिन तीनै काकाले भतिजलाई नेकपा माओबादीबाट नेकपा एमालेमा पार्टी प्रबेश गराएका थिए ।
परिस्थितले आज काका नेकपा एकीकृत समाजबादीमा पुगे र भतिज एमालेमै रहेर काकालाई नै पराजित गरिदिए ।
यो घटना तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को हो । नेकपा एमालेका उम्मेदवार विरबहादुर बिकले आफ्नो काका नाता पर्ने नेकपा एकीकृत समाजबादीका मंगल नेपालीलाई वडाध्यक्षमा पराजित गरेका हुन ।
बिकको यो दोस्रो कार्यकाल हो । एमालेले सुरुमा उम्मेदवारी टुंगो लगाइ सकेको थियो । पछि गठबन्धन दलले पनि नेपालीलाई उम्मेदवार बनाएपछि काका भतिजा आमने सामने भएका हुन ।
‘ एमालेले पहिलै मलाई उम्ेमदवार बनाइसकेको थियो,’ बिकले भने ‘ पछि गठबन्धनबाट काका उम्मेदवार बनेपछि काका भतिजा लड्नु पर्ने अवस्था आइ लागेको हो ।’ बिकले १९७७ मत प्राप्त गरे । नेपालीले १५३५ मत प्राप्त गरे ।
यहाँ खुल्ला महिला सदस्यमा एमालेबाट शान्ता राना १९०९,
दलित महिला सदस्यमा दिलमाया नेपाली १८४४,
खुल्ला पुरुष सदस्यमापनि एमालेकै कर्णबहादुर बुढा १७३५ मत प्राप्त गरि बिजयी भएका छन् ।
तर, गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र गुरुङ खुल्ला पुरुष सदस्यमा १७५० मत पप्त गरि बिजयी भएका छन्. ।